April 10, 2021
प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रदेश नम्बर १ मा दिनहु जसो ब्राउन सुगर ,ड्रक्स,चरेस र गाजा जस्तो २ नम्बरीधन्दाको कारोबार फस्टाएको छ । बिशेष गरि झापा जिल्ला भारत संग सिमाना जोडिएको जिल्ला भएर पनि होला । पुर्बी नाका काकरभिट्टा मा खटिएका नेपाल सरकारका राष्ट्र सेवकहरुको मिलेमतो भएको र सिमानामा कडाइ नहुदा दिनहुँ मानिस पक्राउ पर्ने गरेका छन ।

झापामा ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कचनकबल -२ का २८ बर्षिय संजय लामा छन ।

विशेष सुराकीको आधारमा जि प्र का झापाबाट खटिएको प्रहरी टोलिले आज दिउँसो करिब १:४५ बजे तिर कचनकबल -०२ सुकुनाडिकिबाट लामालाइ २५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

उनिसङ ब्राउनसुगर नाप वजल गर्ने तराजु समेत बरामद गरुएको छ । पक्राउ परेका लामाको बिशेष अनुसन्धान भइ रहेको झापा प्रहरि हवल्दार इन्द्र बिष्टले सिद्धकाली डट कमलाइ जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *