निधन भएको ब्याक्तीको अपुताली ,सो ब्याक्तिलाइ निधन हुनु अघि कस्ले पालनपोषण गरेको स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्बोच्च अदालतले ठहर गरेको छ ।
न्यायाधीशहरु तेज बहादुर केशी र प्रकाश कुमार ढुंगानाको सयुक्त इजलासले यस्तो ठहर गरेको हो । बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनब अन्सारी सोही जिल्लाको बसन्त पुर गाउँबिकास समिती बस्ने मनोरमा अन्सारी बिच आमाबुबाको अपुताली सम्पत्ति कस्ले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा आदालत ले यस्तो ठहर गरेको हो । दुबै दिदी बहिनी बिच बाबुआमा लाई आफुले पालन पोषण गरेको उल्लेख गर्दै अपुताली बाट प्राप्त भएको सम्पत्ति आफुले मात्र पाउनु पर्ने भन्दै बिबाद भएको थियो ।
अपुतालिमा विवाद भए पछि मनोरामले अपुतालिमा आफ्नो हक लाग्ने भन्दै बारा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन । बारा जिल्ला अदालतले मनोरमाको दाबी नपुग्ने ठहर गरेको छ । पछि तत्कालीन पुरानाबेदन अदालतले पुन आपुलाली बाट प्राप्त भएको दुई मात्र नभई तिन जना दिदिबहिनीले पाउने भन्ने फैसला गरेको थियो । यो मुद्दा सर्बोच्च अदालतमा पुग्यो ।
सर्बोच्चले तत्कालीन पुरानाबेदन अदालत बाट भएको फैसला सदर गरि तिनैजना दिदिबहिनीले अपुताली सम्पती पाउने भन्ने फैसला गरिदियो । सर्बोच्चले डेढ बर्ष अघि फैसला गरेको भएतापनी फैसलाको पुर्ण पाठ केही दिन अघि मात्र सार्बजनिक भएको थियो ।
आजको नेपाल समाचार दैनिकमा खबर छ ।