नाइजेरियामा बन्दुक धारिको आक्रमण पछि एउटा जेल बाट १८ सय भन्दा बढी कैदीहरु भागेका छन ।
जेलबाट १८ सय ४४ कैदि भागेका त्याहाका अधिकारिहरुले बताएका छन । आक्रमणकारिले दक्षिण पुर्बी सहर ओबेरिमा रहेको जेलको प्रशासनिक भवन आक्रमण गरेर जेल भित्र पसेका थिए ।
अहिले सम्म भागेका मध्य ६ जना फर्किएका र अरु ३५ जनाले भाग्न अस्वीकार गरेको बिबिसी ले जनाएको छ । प्रहरिले प्रतिबन्धित पृथकताबादी समूह `द इन्डिजिनिएस पिपुल अफ बिफ्राले ´ आक्रमण गरेको आरोप छ ।
पिकअप ट्रकमा र बसमा चडेर आएका आक्रमणकारिहरु ओबरी कस्टोडियल सेन्टर प्रबेश गरेका र उनिहरुले रकेट बाट फाक्न सकिने ग्रीनेट स्वचालित बन्दुक ,बिस्पोटक पदार्थ र राइफल बोकेका प्रहरिले जनाएको छ ।
तर ,`द इन्डिजिनिएस पिपुल अफ बिफ्राले ´ आफुले आक्रमण नगरेक बताएको छ । यस्तै नाइजेरियाको राष्टपती मुहम्मद बुहारिले आक्रमणकारी र भाग्न सफल कैदी लाई पक्राउ गर्न सुरक्षा निकाएलाइ निर्देशन दिएको छ । जनवरी देखि दक्षिण पुर्बी नाइजेरियाका धेरै जसो प्रहरी कार्यलय र गाडिमा आक्रमण गरिएको छ । र ठूलो परिमाणको गोलिगठ्ठा चोरी भएको बिबिसीले खबर छापेको छ ।