April 10, 2021
दिपाश्री निरौला ,सरोज खनाल लगाएतका ब्याक्तिको फेसबुक ह्याक गरेको आरोपमा १४ बर्षिय बालक पक्राउ

दिपाश्री निरौला ,सरोज खनाल लगाएतका ब्याक्तिको फेसबुक ह्याक गरेको आरोपमा १४ बर्षिय बालक पक्राउ

भोजपुर चैत २५। नेपालका हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला र अभिनेता सरोज खनाल लगाएतका कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा प्रहरिले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी साइबर ब्यूरोले पर्सा बहुदजर्माइ नगरपालिका ५ बस्ने १४ बर्षका बालकलाई प्रहरिले पक्राउ गरेको हो ।

दिपाश्री निरौलाले फेसबुक ह्याक गरेर विभिन्न ब्याक्ती सङ्ग पैसा मागेको भन्दै प्रहरिमा उजुरी दिइकी थिइन । उजुरी पछि फेसबुक ह्याक गर्ने ब्याक्तिको खोजिमा प्रहरी खटिएको थियो । १४ बर्षिय बालकलाई पर्सा बाट पक्राउ गरेको प्रहरी बरिस्ठ उपरीक्षक नबिन्द आर्यालले जानकारी दिनु भयो ।

जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमती पछि जिल्ला प्रहरी कार्यलय पर्साको सयोगमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका बालकलाई अनुसंधानको लागि टेकुमा राखिएको छ । गितकार तथा रङ्ग पत्रकार दयाराम पाण्डे हुँदै दिपाश्री निरौला हुँदै सरोज खनाल लगाएतका ब्याक्तिको फेसबुक ह्याक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *