April 10, 2021
देशभर १३ हजार १२२सदस्यले पत्रकार महासंघ निर्वाचनमा एक साथ मतदान गर्दै

देशभर १३ हजार १२२सदस्यले पत्रकार महासंघ निर्वाचनमा एक साथ मतदान गर्दै


भोजपुर चैत २५। नेपाल पत्राकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आज देश भर महासंघले तोकेको केद्रमा बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म मतदान हुने छ ।

७७ जिल्लाको सम्बन्धित जिल्ला साखामा ,४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटसको दशरथ रंगशालामा गरि ९७ केन्द्र तोकिएको छ । केन्दिय समिती निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणाली बाट हुन लागेको हो । महासंघको केन्द्रिय समिती ,प्रदेश समिती,जिल्ला साखा र विभिन्न प्रतिष्ठान तथा एसोसियटसमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दै छन ।

महासंघको ४९ पधधिकारिका लागि १४५ जनाएको उम्मेद्बारी परेको छ । महासंघका पुरै संरचना पुर्ण समाबेशिताको ब्याबस्था गरिएको छ । उमेदवार हरुको श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएका छन ।

यस्तै भोजपुरमा लोकतान्त्रिक ,ब्याबसायिक र श्रमजीवी पत्रकारको साझा प्यानलमा अध्यक्ष एक्सन राई ,उपाध्यक्ष सुरेन्द्र राई ,उपाध्यक्ष महिलामा मनिता राई,सचिबमा अर्जुन बस्नेत,सहसचिवमा प्रदिपचन्द्र राई,सहसचिबमा थिरलाल बिश्वकर्मा,कोषाध्यक्षमा विवेक राई ,सदस्य महिलामा सारदा तामाङ ,सदस्य अर्जुन राई,सदस्य (आ ज )मा गोकुल भुजेल ,सदस्य सौगात गौतम,सदस्य प्रदेश परिषद सरस्वती तामाङ ,राजिन कुमार राई,सरिता राई,केन्द्रिय परिषद सदस्य बुद्ध प्रसाद तामाङ यस्तै सदस्य परिषदमा ज्ञानेन्द्र खड्काको उम्मेद्बारी रहेको छ ।

यस्तै हाम्रो आह्वान श्रमजीवी पत्रकारलाइ मतदान भन्ने नारामा अध्यक्षता मा चित्राङ्क चौलागाईं ,उपाध्यक्ष खुल्लामा श्रीकृष्ण बोगटी ,उपाध्यक्ष महिलामा कबिता खड्का ,सचिब मोहन दुराल ,सहसचिब खुल्लामा गणेश बिष्ट ,कोषाध्यक्ष मकरबहादुर तामाङ ,सदस्य खुल्लामा रबिन थापा,केन्दिय परिषद् सदस्यमा युवराज बिष्ट र प्रदेश परिषद सदस्यमा बाबुराम बास्तोलाको उम्मेद्बारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *