April 10, 2021
इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

चैत २५।सुनसरीको इटहरी उप महानगरपालिका ५ मा आज अपह्रान १२ बजे करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

ललितपुर महाकाल गाउँपालिका -४ घर भइ इटहरी डिसहोमको कार्यलमा कार्यरत २४ बर्षिय जितेस दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।

डिसहोम फाइबर तार टाङ्ने क्रममा बिधुतको तारमा छुन गई करेन्ट लागेर घाइते भएका दुलाललाइ उपचाको लागि बिराटनगरलो नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना बारे थप अनुसन्धान भइ रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *