April 10, 2021
भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

चैत२६।स्वास्थ तथा जनसंख्या मन्त्रालयले २०७८ साल बैशाख ६ र ७ गते देखि देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ वटै प्रदेशका मुख्यन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा पत्र पठाएको छ ।

अभियान अन्तर्गत ६ महिना देखि ५८ महिना सम्मका बालबालिका लाई भिटामिन ए क्याप्सुल र १ देखि ५ बर्ष सम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ । यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोशक तत्व बाल भिटा कार्यक्रम लागू भएका जिल्लामा बितरण समेत गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *