April 10, 2021
बिहिवार भोजपुरमा २ जना थपिए संगै प्रदेश १ मा ६५४ जना कोरोना संक्रमीत ९ जनाको मृत्यु

बिहिवार भोजपुरमा २ जना थपिए संगै प्रदेश १ मा ६५४ जना कोरोना संक्रमीत ९ जनाको मृत्यु

प्रदेश न १ मा आज थप ६ सय ५४ जना संक्रमीत थपिएका छन । दैनिक संक्रमणको संख्या आज सम्मको उच्चतम हो । मोरङमा ३२६,सुनसरीमा २०९,झापामा ७४ संखुवासभामा ९ ,उदयपुर ४,भोजपुर,इलाम,तेह्रथुम र ताप्लेजुङमा २-२ जना र प्रदेश १ बाहिरका २४ जनमा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार बिराटनगरमा २५५ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिनेमा १०० महिला र १२५ पुरुष छन । मोरङको सुन्दर हरैचामा २५,पथरी शनिश्चरेमा १५,कानेपोखरी र बुढीगङगामा १३-१३ बेलबारिमा १० , रतुवामाइमा ७,कटहरिमा ६,ग्रामथानमा४,धनपालथान र रंगेलिमा २-२ ,केराबारी र उर्लाबारिमा १-१ ,स्थानिय तह नखुलेको २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा १३२ इटरिमा ४८,ब्राह्मक्षेत्रमा ८,दुहबी र इनरुवाम ४-४ बर्जु,रामधुनी र गढिमा ३-३,हरिनगरमा २,कोशी गाउँपालिका र स्थानिय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको बिर्तामोडमा ३१,भद्रपुरमा ११,दमक रअर्जुन धारामा ९-९ ,बुद्धशान्तिमा ४,कन्काइमाइमा ३ ,मेचिनगरमा २,गौरादह ,गौरिगन्ज,कमल झापा गाउँपालिका र स्थानिय तह नखुलेका १-१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै संखुवासभाको खादबारिमा ९,उदयपुरको चौदण्डिगढिमा ४,भोजपुरमा २,तेह्रथुमको लालिगुरास र स्थानिय तह नखुलेको १-१ ,इलामको देउमाइ र स्थानिय तह नखुलेका १-१ ,ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १-१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हाल सम्म कोरोना संक्रमित को संख्या १२ हजार २६९ पुगेको छ ।

आज प्रदेश १ मा थप ३२६ जना डिस्चार्ज भएका छ्न । होमा आइसोलेसन बाट ३०४,कोशी अस्पताल उपचार केन्द्र बाट १२,कोभिड १९ अस्पताल गोठगाउ बाट ९,मेची अस्पताल बाट १ जना डिस्चार्ज भएका हुन । हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय ३९ पुगेको छ ।
आज प्रदेश १ मा थप ९ जानाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीमा ५,मोरङ र तेह्रथुममा २-२ जना को मृत्यु भएको छ भने,हाल सम्म १२१ जनाको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जनएको छ ।

आज प्रदेश १ मा १ हजार ६४६ जनाको पिसिआर परिक्षण गरिएको छ । जस्मा २४१ महिला र ४२३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म प्रदेश १ मा १ लाख ४२ हजार ५२३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकाश मन्त्रालयले जनाएको छ ।

 448 total views,  4 views today

Leave a Reply

Your email address will not be published. Required fields are marked *