नेपाल लाइफ इन्स्योरेन्स भोजपुर शाखाले गर्यो मुत्यु दाबि भुक्तानि

भिडियो गजल
सामाजिक संजालमा बाड्नुहोस

दिपेन्द्र लुइटेल भोजपुर ।

बिमा गर्नु बेकार हो बिमामा पैसा फस्छ भन्ने हरुको लागि एक उदाहरिय काम देखाउदै नेपालको पहिलो जीवन बिमा कम्पनि ले मृत्यु दाबी भुक्तानी गरेको छ ।नेपाल लाइफ इन्स्योरेन्स साखा कार्यलय भोजपुरले ५ लाख ८३ हजार ९ सय ५८ रुपैया बराबरको मुत्यु दाबि भुक्तानि गरेको छ । बिमित स्व कमल लाया मगरको श्रीमति ज्ञानि कुमारी थापालाई गाउँपालिका अध्यक्षको हात बाट २०७८/६/१५ गते चेक हस्तान्तरण गरेको भोजपुर साखा कार्यलय प्रमुख दिपक बस्नेतले जानकारि दिनु भयो ।

शाखाले लाया मगरकाको मुत्यु दाबि भुक्तानि अरुण गाउँपालिका अध्यक्ष्य गजेन्द्र बा कार्किको हातबाट अरुणगाउँपालिका ३ निवासि स्व कमलको परिवारलाई हस्तान्तरण गर्नु भएको छ । मगर थापाको २०७८जेष्ठ १९ गते असामहिक निधन भएको ले बिमितले ३ बर्ष अगाडि रु ५ लाखको जीवन साहारा बिमा योजना अन्तर्गत ३ किस्ता गरि १२९०१५ भुक्तानि गर्नु भएकोमा उक्त बिमा लेख अन्तर्गत मुत्यु दाबि स्वरुप रु ५ लाख वोनस रकम वापत ३९५ गरि जम्मा रु ५ लाख ८३ हजार ९ सय ५८ रुपैया भुक्तानि गरिएको साखा प्रमुख बस्नेतले जानकारि दिनुभयो ।

Leave a Reply

Your email address will not be published.